भूकम्पबाट प्रभावितहरुलाई युरोपेली सङ्घ इयूले २८ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । युरोपेली सङ्घ इयूले जाजरकोट भूकम्पबाट प्रभावितहरूको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

इयूले मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, खानेपानी, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय भएको काठमाडौँस्थित युरोपेली सङ्घको प्रतिनिधि मण्डलले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ ।