छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौँ । छठपर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।

छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

प्रकृति र सभ्यताको अनुपम उदाहरण रहेको छठपर्वको नेपालको तराई मधेसमा हिन्दूबाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेका छन् ।