आज बझाङमा ४.५ रेक्टर स्केलको भुकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ११ स् ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।

पटक पटकको पराकम्पबाट त्रसित स्थानीयहरू अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरूमा गत असोज १६ गते गएको भूकम्प पछि निरन्तर पराकम्प गइरहेका छन् ।