अख्तियारद्धारा राजेन्द्र ढुंगाना र मधु कोइराला भ्रष्टाचारको मुद्दा सर्वाेच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी ढुंगाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

ढुंगाना र कोइरालाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी चार करोड ६८ लाख ४८ हजार ५५६ रुपियाँ भ्रष्टाचार गरेको आरोप आयोगको छ ।

प्रवक्ता दाहालले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मङ्सिर ४ गते सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिनुभयो ।