संसद पुनस्थापना हुन्छ तनाव नलिनुस् -सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आग्रह गरेकी छिन् ।

ईमेज टेलिभिजनको कार्यक्रम हट सिटमा उपस्थित कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।प्रतिनिधि सभा पुनःस्थापनाका लागि संविधानको धारा ७६ नै काफी भएकोले अन्यत्र जानु नपर्ने बताइन्।प्रधानन्यायाधीशले चाहेको खण्डमा १५ दिनभित्र फैसला सम्भव उनले बताएकी छिन् साथै लढिलासुस्ती गर्न चाहेमा जति पनि गर्न सकिने पनि उनले बताइन् ।

संवैधानिक इजलासबाट मुद्दाको टुङ्गो लगाउन चुनौतिपूर्ण भए बृहत् इजलासमा लगेर पनि फैसला गर्न सकिने काकीको उद्घोष गरिन् । यो इमेज च्यानलको खबर हो ।