अखिलले गर्यो प्रदर्शनीमार्ग स्थित वाल्मीकि विद्यापीठ अगाडि ओलीको पुतला दहन

काठमाडौं । संसद विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल  निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनलेअपराह्न चार बजे प्रदर्शनीमार्ग स्थित वाल्मीकि विद्यापीठ अगाडि मसाल जुलुस निकालेको छ।

उनीहरुले प्रतिगमन मुर्दावाद , खड्ग ओली राजिनामा दे जस्ता नारा समेत लगाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको हो । ओलीको कदमविरुद्ध उत्रिएको अखिलले उनको पुतला समेत दहन गरेको छ।

उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका थिए। विद्यार्थीहरुमाथि प्रहरीले दमनको नीति लिएको छ । कालो बर्दीधारी प्रहरीले विद्याथीमाथि लाठी चलाएको थियो ।