पैसाको भागबण्डा नमिलेपछि रवि लामिछाने न्युज २४ बाट निकालिए

काठमाडौं । कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई न्युज २४ टेलिभिजन निकालिएका छन् । । ५ वर्षपछि न्युज २४ टेलिभिजन व्यवस्थापन पक्ष र लामिछानेवीच भागबन्डा नमिल्दा रवि लामिछाने सहितको उनको टिम नै बाहिरिएका हुन् ।

आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराए तापनि मूलतः लामिछानेको टोलीले टेलिभिजनसँग सँधै ठूलो भाग खोज्ने गरेको व्यवस्थापन पक्षको आरोप छ । कमाई भन्दा खर्च धेरै हुने भएपछि टेलिभिजन व्यवस्थापन  लामिछानेलाई निकाल्ने कोसिसमा थियो । विज्ञापनको रकमको सत्तरी प्रतिशत भाग दिँदा पनि लामिछानेले मानेनन् र टेलिभिजनको टाउको गह्रुुङ्गो हुन गयो । कति रकमले पनि नपुग्ने लामिछानेको आहारिसे स्वभावले टेलिभिजन लामिछानेलाई निकाल्ने रणनीतिमा थियो ।

चलाख लामिछानेले टेलिभिजनले निकाल्न लागेको भेउ नपाउने कुरै भएन त्यसपछि टेलिभिजनमा राजिनामा दिएर आफूलाई निकालेको भन्नबाट बचाए । साथै पैसाको वार्गेनिङ बाहिरिएला कि भनेर उनले विभिन्न टिकडम मच्चाउने गरेको टेलिभिजनकै एकजना प्रस्तोताले नाम नबताउने सर्तमा  बताएका छन्  ।

लामिछानेले सीधाकुरा जनतासँग कार्यक्रममा  विभिन्न व्यापारी, ठेकेदार लगायत आईरहेको आरोप पनि लागेको छ । जसका कारण टेलिभिजनको छवि विग्रनुको साथै व्यवस्थापनलाई गाह्रो पर्दैै आईरहेको थियो । पीलोको खील कहिले निस्केला र आनन्द होला भन्ने सोँचमा टेलिभिजन व्यवस्थापन रहेको थियो स्रोतले बताएको छ । मूलतः जे जे कुरा बताए पनि लामिछाने र टेलिभिजनको पैसाको वार्गेनिङ नमिल्नु नै लामिछाने टेलिभिजनबाट बाहिरिनु परेको चर्चा चल्न थालेको छ ।