ओली विरुद्ध नेकपाका कार्यकर्ताद्धारा टायर बालेर विरोध

धनगढी । संसद विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध धनगढीमा प्रचण्ड– नेपाल समूहका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् ।

असंवैधानिक कदल चालेर निर्वाचन गराउने भन्दै आफ्नो सत्ता लम्व्याउने नियतमा रहेको ओलीले शुक्रकार आफू निकट कार्यकर्ताहरुलाई सम्वोधन गर्न धनगढी जाँदै गर्दा नेपाल समूह निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कैलाली नजिकै टायर बालेर विरोध गरेका छन् ।