प्रचण्ड र नेपाल भगौडा भएको प्रधानमन्त्री ओली आरोप

कैलाली । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पाटी विभाजन गरेर बाहिरिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ‘भगौडा’ नेताको आरोप लगाएका छन् ।

आफू निकट कार्यकर्ताहरुको भेलालाई सम्वोधन गर्न धनगढीमा आईपुगेका ओलीले सत्तामा रहेको पार्टी सडकमा गएर हामी यहाँ छौं भन्दै भन्नुलाई भगौडाको संकेत भएको बताए ।

उनले कार्यकर्ताहरुलाई मन नबहकाउन भन्दै प्रचण्ड– नेपाल निकट कार्यकर्ताहरुले सडकमा लगाएको नारा प्रति लीक्षत गर्दै निकै आक्रोश पोखेका थिए । प्रधानमन्त्रीलाई घेरावन्दीमा पारेर पद लोलुपता देखाएको आरोप समेत उनले दाहाल र नेपाललाई लगाए ।