ओलीले जनताको हक खोसेर लगेको नारायणकाजीको आरोप ( हेर्नुस भिडियो)

नेकपा (प्रचण्ड–माधव)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको ठाडो उल्लंघन गरेर असंवैधानिक कदम चालेर जनताको हक खोसेको आरोप लगाएका छन् ।

शुक्रबार राष्ट्रियसभामा बोल्दै श्रेष्ठले ओलीले स्वेच्छाचारी र प्रतिगमनकारी कदम चालेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले चालेको कदमले जनताले ठूलो संघर्षका साथ प्राप्त गरेको अधिकारलाई खोस्ने काम गरेको समेत आरोप लगाए ।

ठूलो संघर्ष गरेर ल्याएको गणतन्त्रमा ओलीले कालो बादल मडारिरहेको भन्दै कुनै पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार समेत नभएको बताए । धारा ७६ को नाममा प्रधानमन्त्रीले प्रतिनिधि सभालाई धोका दिएको बताए । (हेर्नुस भिडियो)