आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलायो

काठमाडौं । एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई उच्च अदालत पाटनले छलफलका लागि बोलाएको छ ।

गोकुलबहादुर रोकायाले धितोपत्र बोर्डमा सूचीकृत भएर आइपिओ जारी गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै रिट दर्ता गराउनुभएको थियो ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरी छलफलमा बोलाएको हो । इजलासले मङ्सिर २५ गतेका लागि पेशी तोकेको छ ।

साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेशमा भनिएको छ ।