निर्माण व्यवसायीको भुक्तानी दिएर अर्थतन्त्र चलायमान बनायनुपर्छ : मन्त्री ज्वाला

कानठमाडौं । व्यवसायले निर्माण सम्पन्न गरेको आयोजनाको विगत दुई वर्षदेखि भुक्तानी नपाएका व्यवसायीहरुको भुक्तानी दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्पबाट भए पनि दिइने प्रतिबद्धता गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले गत आर्थिक वर्षको बाँकी भुक्तानी दिएर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अर्थतन्त्र सङ्कटमा रहेको तर भयावह अवस्था नरहेको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान बेहोरिरहेका छौँ । हामीले पनि त्यहाँ माग्नुपर्ने र लडिरहनुपर्ने अवस्था छ । अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा भुक्तानी दिनु पर्छ । अर्थतन्त्र चलायमान हुन्छ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घले विगत दुई वर्षदेखि बाँकी भुक्तानी दिन माग गरिरहेको छ । भुक्तानी नपाउँदा निर्माण व्यवसायी पलायनको अवस्था पुगेको भन्दै भुक्तानीको माग गरिहेको छ । महासङ्घका अनुसार गत असारमा बिल काटेको चार अर्ब रुपियाँको भुक्तानी बाँकी छ । त्यस्तै काम सम्पन्न भएको तर म्याद थप नभएर बिल काट्न बाँकी रकम ४० अर्ब रुपियाँ रहेको महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । सरकारले आव २०७९र८० को बाँकी रकम २०८०र८१ को बजेटबाट तीन अर्ब ५० करोड रुपियाँ भुक्तानी दिइसकेको जनाइएको छ । अध्यक्ष सिंहले भन्नुभयो, “बाँकी पैसा तिर्ने समस्यासँगै अब काम अगाडि बढाउने कि नबढाउने भन्ने अन्योल छ । २०७९र८० को बाँकी रकम २०८०र८१ को बजेटबाट भुक्तानी भएपछि अब काम कसरी अगाडि बढ्छ हामी अन्योलमा छौँ ।”