काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नाराका आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैँ छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आयोजना गरेको प्रभात फेरी र्याली काठमाडौँको भद्रकालीबाट सुरु भई नयाँसडक, शान्तिवाटिका, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगी कार्यक्रम गरिएको छ ।
Add Comment