फिलिपिन्स सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले जनाएको छ । एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको संस्थानले जनाएको छ ।

हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन ।

संस्थानले ५ देखि ६ म्याग्निच्युडको २ सयभन्दा बढी परकम्पहरू गएको बताएको छ ।एजेन्सीबाट