शिवरात्रीका दिन पशुपति क्षेत्र जाने यी बाटोहरु सवारीका लागि रोकिने

काठमाडौ । शिवरात्री पर्वको अवसरमा दर्शनार्थीहरुको सहजताका लागि मध्यनजगर गर्दै ट्राफिक ब्यवस्थापन सहज बनाउने प्रयास गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा विहिबार रातीदेखिनै दर्शनार्थीहरूको भिडभाडहुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ । ट्राफिक प्रहरी कार्यालयले गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको जनाएको छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरेका छन् ।

आबश्यकता अनुसार डाईभर्सन गरिएका स्थानहरु चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्‍वरबाट गौशालातर्फ, ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्‍वरीतर्फ, लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, त्यस्तै मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ , जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग , जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ, तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।