प्रचण्डले ओलीलाई कुनै पनि बेला धोका दिन सक्ने गगन थापाको भनाई

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार लामो जान्छ भन्ने कुरा सरकारमा बसेका कसैलाई पनि भरोसा नभएको बताएका छन्।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफूलाई पनि पुष्पकमल दाहालले अगाडि उभिएर बोलिराख्दाखेरी कुनै पनि बेला यसले धोका दिन सक्छ भन्ने उनको मनमा खेलिरहेको छ भन्ने मलाई महसुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी। यो सरकार लामो जान्छ भन्ने कुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन।’

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनले बताए।
उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए।