अविश्वासमा पनि विश्वास खोज्दै प्रचण्ड, संसदमा आज प्रधानमन्त्रीका लागि विश्वासको मत लिँदै

काठमाडौं । आन्तरिक कलह तथा सत्ताको बार्गेनिङ्गमा सत्ता समीकरण गरेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच अविश्वास बढेपछि एमाले सरकारबाट हट्यो । माओवादी सरकारमा एक्लियो । एमालेको अविश्वासको कारण प्रधानमन्त्री प्रचण्डको पद सकिसकेको अवस्था हो । तर उनले केही दिन भएपनि सत्ता लम्ब्याउनका लागि राजीनामा दिएनन् । बरु विश्वास मत लिने भन्दै संसदमै प्रस्तुत हुन खोजे । त्यसैको फलस्वरुप अविश्वासमा पनि विश्वास खोज्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रयास गर्दैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।