विक्षिप्त हुँदै प्रचण्डले भने पहिले कांग्रेसलाई धोका दिएँ

काठमाडौं । प्रधानमन्त्री पदबाट वर्हिगमन हुँदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन सदनलाई सम्बोधन गर्ने क्रममा विक्षिप्त हुँदै अघिल्लो सरकारको समीकरणमा आफूलाई काँग्रेसलाई धोका बताएका छन् । उनले वामपन्थी आन्दोलनको भावुक बहकाउले नै एमालेसहितको गठबन्धनमा लगेको बताए ।
एमालेका अध्यक्ष ओलीलर्य आफूलाई फकाएको भन्दै वामपन्थी मिल्नपर्छ । कांग्रेस को हो ? यस्तै यस्तै धेरै , ,” उनले भने, “म मान्छे यस्तै हुँ । प्रचण्ड यस्तै छ चिन्नुभएकै छ । अलिअलि सेन्टिमेन्टल भावुक । मिठो बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि म वामपन्थी नै परेँ । अर्को चुनावमा पश्चिम वंगालजस्तो भइन्छ भनेपछि हो भन्ने लाग्यो ।”

उनले सरकारको गियर परिवर्तनका लागि यो उपयुक्त बाटो हो भन्ने मानेको स्मरण गरे । नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मक रूपमा सकारात्मक वातावरण बनेर जनतामा आशा पनि जागेको भन्दै उनले भने, “तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ ।”

केपी ओलीप्रति संकेत गर्दै उनले केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन नसक्ने बताए । उनले लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको उल्लेख गर्दै भने, “१७ गते बिहान स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु ।”