प्रचण्ड प्रमुख प्रतिपक्षको नेता बन्न मात्र योग्य : रमेश लेखक

काठमाडौं । प्रपितक्षको नेता मात्र हुनसक्ने मानिसलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर गर्यौं कि भन्दै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले व्यङ गरेका छन् । शुक्रबार संसदमा कांग्रेस र एमाले मिल्दैमा प्रतिपक्ष कमजोर हुने र लोकतन्त्र खतरामा नपर्ने तर्क गरेका छन् । उनले भने, “अब लोकतन्त्र कमजोर हुँदैन ।”

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै उनले आफूले दुई ठूला राजनीतिक दल मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुन्छ भन्ने चिन्ता प्रकट हुने गरेको बताएका थिए । प्रचण्डले विज्ञहरू पनि यस विषयमा चिन्तित भएको आफूले पाएको बताएका थिए ।

“आज प्रधानमन्त्री रोस्टममा उभिँदा प्रमुख प्रतिपक्षको नेताको रूपमा देखेँ । त्यसैले प्रतिपक्ष कमजोर हुन्छ भन्ने लाग्दैन,” उनले भने । प्रमुख सचेतक लेखकले प्रतिपक्षमा बस्ने कला भएको व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर गल्ती भएको भन्दै व्यंग्य गरे ।
“अलिकति गल्ती भएछ ठिक मानिसलाई ठिक ठाउँम राखिएन कि ।