वरिष्ठ अधिवक्ता वडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराइद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।