गीतकार लोकराजको तीज गीतमा एलिनाको स्वर

काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको यस वर्षको पहिलो तिज गीत गम्किदे मादलु बोलको गीत सार्वजनिक भएको छ । गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतको सङ्गीत सरोज कोइरालाले गरेका हुन भने सङ्गीत संयोजन पुष्कर खत्रीले गरेका हुन् ।
रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेको गीतको मिक्सीङ कृष्ण पुनले गरेका हुन् । गीतको आवाज रेकर्डिङ अस्ट्रेलियामा रहेको नेपमेलो स्टुडियोमा गरिएको हो भने बाँकी का नेपालमा रहेको म्युजिक बैङ्कमा गरिएको हो । रेर्कडिष्ट समीर आचार्य र विजय मगर हुन् ।
गीतको भिडियो छाँयाङकन अमेरिकामा गरिएको हो । राजीव आचार्य र मनोज धितालले खिचेको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका हुन् । भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् । भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । भिडियोमा कामना खरेल,सृष्टि शर्मा उप्रेती,लक्ष्मी ढुङ्गाना,सन्जु घिमिरे सङ्ग्रौला, रिना कार्की, र भूमिका ओझा लगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ ।  कोरियोग्राफी आशा ओझाले गरेकी । गीतकार अधिकारीले यस अघि पनि तिजको मौलिकपन बोकेको गीतहरू निकाल्दै आएका छन् ।