धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

रौतहट । आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राज कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चैनपुर नगरपालिका १० हात्तिसुँडे बस्ने ५२ वर्षीय भोलामान राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा भोलामानले खुकुरी प्रहार गर्दा उनीहरु घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते दुबै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएकोमा थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट