राजदरबारको गेटमा बसेर केपी ओलीले के भन्लान् ?

काठमाडौं । करीव दुई तिहाईको नेतृत्व गरेर मुलुक हाँकिरहेका नेकपामा पहिलो अध्यक्ष केपी शर्मा ओलीले एकाएक संसद विघटन गराईदिए । संसद विघटन पश्चान नेकपा भित्रकै अर्को खेमा भने सडक आन्दोलन गरिरहेको छ । अहिले सरकारका भएकै राजनीतिक दल दुवै आन्दोनलमा देखिएका छन् । प्रतिपक्षीका रुपमा नेपाली कांग्रेस हुनु पर्ने थियो तर नेकपा नै प्रतिपक्षी हो कि भन्ने महसुस जनताले गरिरहेका छन् ।
केपी शर्मा ओली विरुद्ध राजनीतिक दलहरुमा पनि नेकपा नै सडक आन्दोलनमा रहेका बेला शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँदैछ ।

आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन लाख मानिस उर्ताने बताएको ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्‍याली निकालेको थियो ।

ओली समूहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दाबी छ । ओली समूहले दरवारको अगाडि कार्यक्रम गराउनुलाई अनेक तर्क गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अशोभनीय भएको दाहाल–नेपाल समूहका नेताहरुको भनाइ छ ।
अहिले केपी ओली आज राजदरबार अगाडि बसेर के सम्वोधन गर्ने होलान् भन्ने चर्चा पनि शुरु भईसकेको छ । पछिल्लो अवस्थाका कारण दरबार अगाडि नै बसेर सम्वोधन गरिरहँदा ओलीले मुलुकलाई हिन्दूराज्य घोषणा गर्न सक्ने र संघीयता खारेजीको विषयलाई आफ्नो सम्वोधनमा समेट्ने हुन् की भन्ने अडकलबाजी आन्दोलनरत नेताहरुको छ ।