चोभारको बजार निर्माणमा म्याद थपेर कमिशन हसुर्ने कृषि मन्त्री ?

काठमाडौँ । ३५ करोड रुपैयाँ लागत मूल्यमा काठमाडौँको चोभारमा २३ रोपनी क्षेत्रफलभित्र पुष्प तथा फलफूलको थोक बजार निर्माण कार्य ११ पटक म्याद थपिँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । विश्व बैकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना मार्फत करीव ३५ करोड रुपैयाँमा सो बजार निर्माणका लागि ठेक्का सम्झौता भयो ।

२०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको सो बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री रामनाथ अधिकारी दलबल सहित भाद्र २१ गते बजार अनुगमन गर्न पुगे । अनि निरिह हुँदै भने तोकिएको समय सीमाभित्रै कार्यसम्पादन गर्नु !

दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थप ७ वर्ष वित्न लागिसकेको छ । अनि ११ पटक म्याथ थपिँदा पनि बजार निर्माण नगर्ने कम्पनीलाई समयसीमा भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिने कृषि मन्त्रीबाट कसरी होला काम ।
३५ करोड रुपैयाँमा सम्पन्न गर्नु पर्नेका म्याद थपेर ४० करोड पुगिसकेको छ ।

अझै काम भएको छैन भने त्यस्ता कम्पनीलाई कार्वाही गर्ने कि फेरि म्याद थपेर कमिशस हसुर्ने हो ? कृषि मन्त्री अधिकारीलाई पनि दशै आउने जस्तो छाँटकाँट देखिएको छ । अहिले मन्त्री अधिकारी यस्तै यस्तै कामको खोजी गर्दै अनुगमन गर्न थालेका छन् ।

नेपालको पछिल्लो अनुगमन कार्यलाई कमिशन माग्ने योजनाका रुपमा लिन थालिएको छ । ३५ करोडको खर्च ४० करोड पुग्यो २ वर्षमा गर्नुपर्ने काम थप ७ वर्ष पुगिसक्यो । त्यसो हो भने अहिलेसम्मको लगानी समेत क्षतिपूर्ति कोबाट असुल्ने मन्त्री ज्यू, कि १२ औं पटक म्याद थपेर हिसाव मिलान गर्ने हो ?