रविले कार्यकर्तालाई भने ‘अलर्ट रहनु’

काठमाडौं । सहकारी ठगी प्रकरणमा दोषी देखाएर पक्राउ गर्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले केन्द्रिय कार्यालय पुगेर सरकारको विरुद्ध नारा लगाएका छन् । बाहिर कार्यकर्ताहरुले रविको समर्थन र सरकारका विरुद्ध नाराबाजी गरिरहँदा भित्र भने सभापति लामिछाने सहितका नेताहरु भावी रणनीति बनाईरहेको थिए ।
सरकारले औपचारिक रुपमा रवि लामिछानेलाई पक्राउ गर्नका लागि निर्देशन दिई नसकेको अवस्था रवि लामिछाने पक्राउ गर्ने तयारी भन्ने हल्ला पिटिएपछि कार्यकर्ताहरुलाई केन्द्रिय कार्यालयमा आउन अपिल नै गरिएको थियो ।
कार्यकर्ताहरुको भीड केन्द्रिय कार्यालयमा बढ्दै गएपछि रास्वपाका नेताहरुले वास्तविक विषयका बारेमा प्रष्ट पार्ने प्रयास गरेका थिए । पछि प्रहरीले लामिछानेलाई पक्राउ गर्ने कुनै योजना नरहेको जनाएपछ लामिछाने आफै कार्यकर्ता माझ पुगेर सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा उनले झुक्याएर वा छक्याएर आपूmलाई पक्राउ गरिए त्यसको प्रतिवादमा उत्रने चेतावनी समेत दिएका थिए । कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘ ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।

आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’ दिए ।