प्रचण्डले भने भोलि जे पनि हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलीका दिनमा जे पनि हुन सक्ने चेतावनी दिएका छन् । सरकारले गरेको काममा विपक्षमा उभिन कार्यकर्ता सडकमा ओरालेर गरिएको खवरदारी सभामा बोल्दै उनले सरकारले आफूलाई कमजो नठान्न चेतावनी दिएका छन् ।

उनले भने, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारीसभाको सन्देशलाईलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौं ।’

प्रचण्डले बाढीपहिरोको विपद्‍मा सरकार चुकेको भन्दै यस्तो गल्ती नदोहोर्‍याउन सरकारलाई चेतावनी दिए ।