क्रिश्चियन धर्म विस्तारका नाममा गरिवीको दुरुपयोग : प्रधानमन्त्री ओली

काठमाडौँ । क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताए । यस्ता कुराहरुलाई आफ्नै पालामा नियन्त्रण गरी कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नदिने प्रतिवद्धता ओलीको छ ।

हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नुु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौ ।’’ ओलीको धारणा थियो ।

भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारजीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूूहरुले गर्दै आएका कामबारे अवगत गराएका थिए ।