काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नभएको स्पष्टीकरण दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उपसभापति गुरुङले सहकारी प्रकरणमा आफू दोषी नभएको स्पष्टीकरण दिएका हुन् ।
विज्ञप्तिमा गुरुङ्गले भनेका छन् , ‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जागिरमा लगाउनु नै मेरा लागि आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु, ।
आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उनले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताउदै आफू सहकारी ठग नभएको र बेथितिका विरुद्ध लडिरहने प्रतिवद्धता पनि व्यक्त पनि गरेका छन् ।
Add Comment