काठमाडौँ । सरकारकै दवावका कारण अर्वौं रुपैयाँको बक्यौता नतिर्ने ठूला उद्योगीहरुको उद्योगमा लाईन जोडिने भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन सञ्चालन भएको १५ दिनभित्र उद्योगीहरुले डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरे प्राधिकरणले फेरि लाईन काट्ने घुमाउरो चेतावनी दिँदै वक्यौता उठाउने जिम्मेवारी अव सरकारको भएको बताएका छन् ।
प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई लाइन जोड्ने निर्देशन भएको र उक्त निर्देशन कार्यान्वयमा गइसकेको भन्दै उद्योगहरुले पनि सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता तिर्ने विश्वास समेत लिएका छन् ।
‘१५ दिनभित्र उहाँहरूले नदिए हामीले गरेको बिल नबुझाए हामी आफ्नो प्रक्रियामा फेरी लाग्नेछौँ । सरकारले भनिसकेको छ १५ दिनभित्र बक्यौता रकम असुल गर्नू,’ घिसिङ्गले भने, ‘यो नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको दायित्वभित्र आएको छ ।’ १५ दिनभित्र बक्यौता नउठे अब सरकार र मन्त्रालय बक्यौता उठाउनेतर्फ लाग्ने छ । हामीलाई विश्वास छ । अब यो सरकार मन्त्रालय र प्राधिकरणको मात्रै सरोकारको विषय रहेन । आम जनसरोकारको विषय बन्नेछ । आम पब्लिकबाट पनि गम्भीर रूपमा उठ्ने लागेको छ ।’
Add Comment