उपचारका लागि मात्र दिल्ली रवाना भएका हुन् महन्थ ठाकुर ?, कि कुनै विशेष राजनीतिक खिचडी पाकेको छ दिल्लीमा ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । यसरी महन्थ ठाकुर दिल्ली जाँदा राजनीतिक वृत्तमा भने ठूलो हड्कम्पन मच्चिएको छ । उनी मुलुकको यो आसन्न मुडभेडको अवस्थामा दिल्ली जानुलाई सामान्य अर्थमा लिन नहुने कतिपय विश्लेषकको बिचार छ ।

जितेन्द्र सोनलले जानकारी दिए अनुसार नियमित उपचारका लागि अध्यक्ष ठाकुर नयाँदिल्ली गएका गएका हुन् । ठाकुर नियमित उपचारका लागि नयाँ दिल्ली गएको भनिए पनि राजनैतिक वृत्तमा त्यसलाई फरक हिसाबले हेरिएको छ ।

स्रोतका अनुसार जसपा कार्यकारिणी सदस्य राजकिशोर यादवसमेत ठाकुरसँग भारत गएका छन् । ठाकुर दिल्ली जानुलाई राजनैतिक विश्लेषकहरुले चाँहि निकै अर्थपूर्णरुपमा अर्थ्याएका छन् ।