काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं संस्करणमा प्रवेश गरेको छ।लिटिल आइडल नेपाल २०२४ :, रचनात्मकता निखार र शैक्षिक अभिरुचि प्रोत्साहन गर्ने उदेश्यले बालबालिकालाई लक्षित उक्त प्रतियोगिताको पुषको पहिलो सातामाभने बालबालिकाको सिर्जनशिलतालाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
यस प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका र अन्य क्षेत्रका विभिन्न विद्यालयका ५० जना बालबालिकाले सहभागिता जनाएका छन्। दशैं तिहारको बिदालाई सदुपयोग गर्दै आयोजित यस कार्यक्रमले बालबालिकालाई प्रयोगात्मक सिकाइ, मनोरञ्जन र रचनात्मकताका माध्यमबाट उनीहरूको क्षमतालाई उजागर गर्ने अवसर प्रदान गरिरहेको छ।
प्रतियोगिताको पहिलो चरणमा बालबालिकाले गीत, नृत्य, नाटक र चित्रकलाजस्ता विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। २२ जना जुनियर र १२ जना सिनियर प्रतियोगीहरूले क्रमशः आ(आफ्नो प्रस्तुति गर्दै अगाडि बढिरहेका छन्। प्रत्येक चरणमा नयाँ चुनौतीहरूको सामना गर्दै उनीहरूले आफ्नो सिप र क्षमतामा सुधार ल्याउने अवसर पाउँदैछन्।
कार्यक्रमको निर्णायक प्यानलमा प्रतिष्ठित व्यक्तित्वहरू मनिष शाक्य, अनिशा ओली, वेनिश मगर, एन्जिला भट्टराई, र गायनतर्फ विशालदेव भण्डारी रहेका छन्। निर्णायकहरूले दुधको दुध पानिको पानि छुट्याएर बालबालिकाको प्रस्तुति ठोस मूल्यांकन गर्दै उनीहरूलाई सुधार र उपायहरू प्रोत्साहनका साथ अगाडि बढ्ने हौसल्ला प्रदान गरेका छन्।
प्रतियोगिताका क्रममा सामुदायिक प्रहरीको सहकार्यमा बालबालिकाका लागि सवारी साधन प्रयोग, ट्राफिक नियम र जेब्राक्रसको उचित प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरियो। यसले बालबालिकालाई सडक सुरक्षा र सामाजिक उत्तरदायित्वबारे गहन ज्ञान प्रदान गरेको छ।
यस्तै, बालबालिकालाई नेपालको सांस्कृतिक सम्पदाबारे बुझाउन विभिन्न ऐतिहासिक क्षेत्रको भ्रमणसमेत गराइएको छ। यसले उनीहरूलाई नेपालको इतिहास, सम्पदा र सांस्कृतिक महत्त्वबारे थप जानकारी प्राप्त गर्न प्रेरित गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल चरण पुष १३ गते सम्पन्न हुनेछ। आयोजकका अनुसार यो प्रतियोगिताले बालबालिकाको रचनात्मकता निखार्न र शैक्षिक क्षेत्रमा उनीहरूको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
बालबालिकाको प्रतिभा र क्षमतालाई पहिचान गरी भविष्यका सम्भावनालाई उजागर गर्न यो कार्यक्रम स्थापित हुनुका साथै पछिल्लो समय पनि यस्ता कार्यक्रलाई निरन्तरता दिदै बालबालिकाका क्षमता र अभिरुचिका आधारमा आयोजकले यसलाई राष्ट्रियस्तरमै गुणस्तरका साथै बलियो प्रयासको रूपमा लिएको छ।
Add Comment