ओली निरंकुश र तानाशाही वन्दै गईरहेको नेता भीम रावलको आरोप

काठमाडौं । नेकपा एमालले विधानत सल्लाहकार समेत रहेका नेता भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ । आज एमालेको सचिवालय वैठकले रावललाई पार्टीको साधारण सदस्य समेत नहरने गरी कार्वाही गरेपछि रावलले आफू माथि भएको कार्वाही पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको अभिव्यक्ति दिएका छन् । रावलले ओलीले लामो समयदेखि कम्युनिष्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएको समेत आरोप लगाए ।

पाटीले कार्वाही गरेपछिको अवस्थामा प्रक्रिया दिँदै नेता रावलले भने, ‘ओलीले विगतमा जसका विरुद्ध लड्छु भन्थे, त्यसै वर्गसँग मिलेर जसरी भए पनि प्रधानमन्त्री खाने भन्नेमा गए । बाह्य शक्तिसँग मिलेर राष्ट्रिय शक्ति विरुद्ध जाइलागे । साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर मविरुद्ध खनिए ।’