काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको अभिव्यक्तिले मतदाता नै अलमल्लमा परेका छन् । मुलुक संकटको अवस्थामा गुज्रिरहेको बेला निर्वाचन गराईरहेको सरकारका गृहमन्त्रीले मतदातालाई विवेक पु¥याएर मात्र मतदान गर्नु अपिल गरेपछि मतदाताहरु नै अलमल्लमा परेका हुन् । गृहमन्त्री अर्यालेले राजनीतिक संस्कार भएका उम्मेदवारहरुलाई मात्र मत दिन आम नागरिकलाई अपिल गरेका छन् । जसले मुलुकलाई इरान र युक्रेनबाट जोगाउनु भन्ने संकेत गरेका छन् ।
गृहमन्त्री अर्यालले नागरिकलाई कम्तिमा राजनीतिक संस्कार भएको उम्मेदवारलाई मात्र मत दिन अपिल गर्नुका कारण भने पछिल्लो समय काम भन्दा सामाजिक सञ्जालको प्रयोग गरी मतदाताको मनलाई नै दिग्भ्रमित पार्ने काम भईरहेकोले एक पटक सोचेर मात्र मतदान गर्न अपिल गरेका हुन् । उनले एक भिडियोमा भनेका छन, ‘भोट ह्वीममा दिने कुरा होइन,राजनीतिक संस्कार भएकालाई नै दिनुहोला’, ‘राजनीतिक संस्कार नै नभएका व्यक्तिहरु भोलि संसद वा सरकारमा गए भने मुलुकलाई राम्रो होइन,नराम्रो बढी हुनसक्छ ।
उनले थपेका छन्, ‘राजनीतिक संस्कार नभएकाहरुले भोलि प्रणाली नै भत्काउन सक्छन्,त्यसैले राजनीतिक संस्कार सबैभन्दा मुख्य कुरा हो।


Add Comment