काठमाडौँ । बैशाख २८ गते संघीय संसदको संयुक्त वैठकमा राष्ट्रपति रामचन्द्र पौडेले नीति तथा कार्यक्रम सम्वोधन गरिरहेकै अवस्थामा जुरुक्क उठेर हिँडेका प्रधानमन्त्री बालेन्द्र शाहको चौतर्फी विरोध भएपनि उनी मौन बसे । सामाजिक सञ्जालमा उनका समर्थकहरुले ठिक ग¥यो बालेन भन्दै पोष्ट गरिरहँदा बुधबारको बैठकमा पनि प्रधानमन्त्री शाहले उपस्थ्ति भएन । शाहको अनुपस्थितिका कारण प्रतिपक्षमा रहेका सांसदहरुले सभामा उनको चर्को आलोचना गरे । जसका कारण सभामुख डिपी अर्यालले दुई दुई पटक १५ मिनेट समयमा लागि सभा स्थगन गर्नु परेको थियो ।
आजको लागि सभामुखले डाकेको प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले सांसदहरुले उठाएका जवाफ दिन कार्यक्रम रहेको छ । तर प्रधानमन्त्री शाह सभामा जालान् कि नजालान् यसै भन्न सकिएको छैन । प्रधानमन्त्री शाह संसदमा गएर बोल्ने कुरामा धेरैले शंका गर्न थालेका छन् ।
यद्यपी शाह सभामा गएर आफ्ना विचार र जवाफ दिने पक्षमा नदेखिएपछि आजको बैठकमा के हुन्छ भन्ने कौतुहलता छाएको छ ।
बुधबार प्रधानमन्त्री शाहले जिज्ञासाहरुको जवाफ दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए ।
बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने बताइएको छ ।


Add Comment