सत्ता समिकरणका लागि देउवा निवास पुगे पुष्पकमल दाहाल

काठमाडौं । नेकपाको दुई तिहाईको भनिएको सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात पार्टी विभाजनको संघारमा पुग्यो ।

नेकपा नेतृत्व ओली पक्षको हो वा पुष्पकमल दाहाल पक्षको हो भन्ने चर्चा चलिरहँदा यी दुवैको नभएपछि अहिले नेपाली राजनीतिमा गर्मागरम वहस चल्न थालेको छ । नेकपा पार्टी ऋषि कट्टेलको भएको सर्वोच्चले घोषणा गरिदिएपछि ।

नेकपा भनिएको पार्टी अव पुर्व एमाले र पूर्व माओवादी केन्द्रका रुपमा नै स्थापित हुन थालेका छन् । संसद पुर्नस्थापनासँग अव ओलीलाई सरकारबाट कसरी हटाउने भन्ने विषयमा पुष्पकमल दाहाल, माघवकुमार नेपालहरु लागिरहेका छन् भने अविश्वासको प्रस्ताव दर्ता भएपनि त्यसको सामना गरेर सरकार हाँक्न दाउमा प्रधानमन्त्री ओली रहेका छन् ।

यद्यपी सरकार निर्माणका लागि यतिखेर ओलीको साईज तोक्न भन्दै पूर्व नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

मंगलबार साँझ देउवा निवास पुगेका दाहालले ओलीलाई सत्ताच्यूत गराएर नयाँ सरकार गठन गर्ने विषयमा कसरी जाने भन्ने विषयमा छलफल गर्न लागेको उच्च श्रोतले बताएको छ ।