नेपाल कृषि पत्रकार महासंघको बिस्तारित बैठक सम्पन्न

काठमाडाैं । नेपाल कृषि पत्रकार महासंघको पहिलो बैठक काठमाडौंमा बसेको छ । आज शुक्रबार राजधानीमा महासंघको बिस्तारित बैठक बसेको हो। बैठकले सातै प्रदेशमा कुषि पत्रकारको संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष बैकुण्ठ भण्डारीले कृषकको हक र अधिकार तथा श्रमजीवी कृषी पत्रकारको अधिकारको लडाईंमा आफूहरु अग्रपंक्तिमा उभिनुपर्नेमा जोड दिए । आगामी कार्यदिशाको बारेमा व्यापक छलफल गरेर उभिनुपर्नेमा भण्डारीको जोड थियो । बैठकमा काठमाडौंका श्रमजीवी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बिस्तारित बैठकले कृषकका चुनौतीहरुको बारेमा कृषि पत्रकार डटेर अघि बढ्ने र सातै प्रदेश र ७७ जिल्लामा संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।