विमानस्थलमा उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द

काठमाडौं । विमानस्थलमा उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले आज पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो खुलासा गरेको हो ।

तीन बजेदेखि उडान बन्द विमानस्थल प्रमुख प्रताप तिवारीले जनाएका छन् ।

उडानका लागि ८ सय मिटरसम्म देखिने हुनुपर्नेमा काठमाडौंको हालको भिजिविलिटी त्योभन्दा न्यून रहेको उनले जनाए ।

अवतरणका लागि साना जहाजका लागि १६ सय मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर चाहिन्छ।

अहिलेको मौसमी प्रतिकूलताका कारण बन्द भएको उडान खुल्ने निश्चित छैन।