सभ्य भाषामा ओलीलाई शक्तिको दुरुपयोग नगर्न घनश्याम भुसालको स्पष्टिकरण

काठमाडौं । संसदीय दलको विधान विपरित काम गरेको भन्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपमहासचिव समेत रहेको सांसद घनश्याम भुसाललाई सोधेको स्पष्टिकरणको चोटिलो उत्तर पाएका छन् ।

पार्टी उपमहासचिव समेत रहेका नेता भुसालले आफूले पार्टी र संसदीय दलको विधान विपरित कुनै पनि काम नगरेको भन्दै पार्टी अध्यक्षलाई दिएको स्पष्टिकरणमा सभ्य भाषाले बरु अध्यक्ष ओली स्वयंले शक्तिको दुरुपयोग गरिरहेको भान भएकाले त्यस्तो नगर्न सुझाएका छन् । भुसालले जवाफमा भनेका छन्, ‘शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग गर्न आग्रह गर्दछु ।

ओलीले आफ्नो विपक्षमा अभिव्यक्ति दिँदै हिडेको र पार्टी विभाजन तर्फ उन्मूख भएको भन्दै भुसाललाई सांसद पदबाट किन कार्वाही नगर्ने भनी स्पष्टिकरण सोधेका थिए ।

पार्टी अध्यक्षले सोधेको स्पष्टिकरणमा भुसालले पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाका लागि आफूहरुले भेला राखेको भएको भन्दै उनले भनेका छन्, ‘यस वापत ब्यहोर्नुपर्ने कुनै पनि परिणाम ब्यहोर्न आफू तयार नै रहेको कुरा अनुरोध गर्छु ।’