२४ घण्टाको अवधिमा कोरोनाले ३७ जनाको ज्यान लियो

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण नेपालमा ३७ जनाले ज्यान गुमाएका छन् । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस मध्ये काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।