काठमाडाैं । सर्वसाधारण राजनीतिदेखि अघाइसकेका छन् । सर्वसाधारणलाई राजनीतिको घिनलाग्दो दृश्यले सारै नै पिरोल्दो रहेछ । समाचारका शीर्षकहरुमा उनीहरु आफ्ना आक्रोशहरु पोखिरहेको भेटिन्छन् । उनीहरुलाई देश राम्रो बाटोमा हिँडेको हेर्न मन लागेको छ र तर, नेताहरु सत्ताका लागि मरिमेटिरहँदा देश नै नरहने हो कि भन्ने एकखाले उकुसमुकुस जनतामा भएको छ ।
जनता देशमा सुव्यवस्था हेर्न चाहान्छन् । पार्टीका कार्यकर्ताहरु आफ्नो नेताले जे गरे पनि ठिक भन्दै ताली पिट्नमा व्यस्त रहेका छन् । यसैबीच समाचारहरुमा आएको कमेन्टलाई हामीले एउटा प्रतिनीधि घटनाको रुप दिएका छौं । फेसबुकमा सर्वसाधारणकाे आक्रोश छताछुल्ल भएकाे छ । नेताहरू ती कुराहरू पढ्ने फुर्सदमा पनि हुँदैनन् । ती आक्रोशहरू हामी माथिसम्म पुर्याउने जमर्काेमा छाैं । हाम्राे इकालाेपाटी सम्वाददाताले तयार गरेकाे याी पंक्तिहरूले के भन्छन् हेरौं सर्वसाधारणका कुरा……
Add Comment