भोलि बिहानकाे राजनीतिक भविष्यवाणी

काठमाण्डाैं । प्रधानमन्त्रीले भाेलि विश्वासकाे मत लिने कुरा लगभग पक्कापक्की छ । तर, माधव नेपाल समूहले प्रमलाई विश्वासकाे मत दिन सक्ने अवस्था  छैन । पार्टी  नै छाडेर गइहाल्न पनि मिलेकाे छैन । सामुहिक राजिनामा दिने भनिए पनि कतिपय माधवपक्षकै नेताले ठूला नेताकाे स्वार्थमा सती नजाने घाेषाणा गरिसकेका छन् । यसले बिहान सबैजसाे छापाले शक्तिशाली बनाइदिएकाे माधव नेपाल कमजाेर हुँदै गएका छन् ।

 

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरूको छलफल सिंहदरबारमा चलिरहेको छ । आइतवार (आज) दिउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन । आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण  कुरा गरेकाले साेमबार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको समाचार छ । माधव झलनाथ समूहले बाेल्ड डिसिजन लिन सकिरहेकाे छैन । जसपा हाल दुई खेमामा विभक्त भएकाे छ । खन्य दलले अविश्वासकाे प्रश्ताव गरे त्यतै लाग्ने माधव समूहले राजिनामा नदिएकाे खण्डमा प्रधानमन्त्रीकाे पक्षमा मतदान गरी सरकारमा जाने । प्रमले विश्वासकाे मत जुटाउन नसके कांग्रेस, माओवादी र माधव समूहसँग सरकारमा जाने, दुई वटै विकल्पमा फिट हुनको लागि राजेन्द्र महतो र महन्थ ठाकुरको दिनभरको दौडधुपको अर्थ थियो ।

 

भाेलि बिहानकाे राजनैतिक भविष्यवाणी भनेकाे माधव नेपालपक्षले लिने निर्णयमा भर पर्छ । माधव समूह रातारात प्रधानमन्त्रीकाे पक्षमा जानसक्ने कुरा पनि हुनसक्छ । एमाले नै फुटाेस् भन्ने चाहना झलनाथ माधवकाे पनि छैन । अन्य नेताकाे पनि छैन । चिठ्ठा पर्ने भनेकाे जसपाका राजेन्द्र महताे र महन्थ पक्षलाई हाे । उनीहरू दिनभर दाैडेर शक्तिकेन्द्र खुशी पारेका छन् । तटस्थताकाे मायाजाल पनि फालेका छन् । माधव नेपालकाे निर्णयपछि एउटा निर्देशन दिए सरकारमा जयरामजीकाे भइहाल्छ ।