नेपालमा सक्रिय संक्रमित ९३ हजार १४१ पुगे

काठमाडौं । काेराेना संक्रमणबाट आज देशभर १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे तथ्यांकमा यस्ताे बताइएकाे हाे ।

यसैगरी  पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

नेपालमा सक्रिय संक्रमितको संख्या भने ९३ हजार १४१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।