काठमाडाैं । कानुनत: संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले यस्ताे बताएका छन् । संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले यस्ताे बताएका हुन् । कानुन र संविधान अनुसार विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वत प्रधानमन्त्रीकाे पद सकिन्छ । दलहरूले सहमती जुटाएकाे खण्डमा देशले नयाँ प्रधानमन्त्री पाउँछ । नभए याे सरकार एककिसिमले कामचलाउ सरकार हाे ।
Add Comment