वैशाख ३० गतेसम्म संसद बैठक नहुने

काठमाडौं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्म नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । अब नयाँ सरकार गठन वा अन्य संसदीय कामकारबाही वैशाख ३० गतेबाटमात्र सुचारू हुने संसद सचिवालयले जनाएकाे छ । साथै साेमबारकाे बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।