कञ्चनपुरमा कोरोनाले ७ जनाको ज्यान गयाे

कञ्चनपुर ।  कञ्चनपुरमा कोरोना संक्रमणबाट सोमबार ७ जनाको ज्यान गएकाे   छ । भीमदत्त नगरपालिकाका–३, पुनर्वास नगरपालिकाका–२ तथा बेलौरी र बेदकोट नगरपालिकाका १/१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय पुरुष र वडा नं. ७ का ५३ वर्षीय पुरुष रहेका छन् । यसैगरी पुनर्वास नगरपालिका–११ का ७४ वर्षीय र वडा नं. ६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । बेदकोट नगरपालिका ४ की २० वर्षीयाम हिला र बेलौरी नगरपालिका ३ की ७२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।