ताप्लेजुङमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा माटोको ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ ।  फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका  १३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  प्रहरीका अनुसार मृतक फुर्वा सो स्थानमा हुँदै गरेको सडक निर्माणमा मजदुरी गरिरहेका आफ्ना बाबुआमा सँगै गएका थिए । सोमबार ढुंगा निकाल्दै गरेको स्थानको माथिबाट अचानक ढिस्कोल खस्दा पुरिएर उनको मृत्यु भएको हो ।  मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।