‘उपत्यका बाहिरबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रबन्ध गर्छाैं’

काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णयहरु गरिएको छ । उक्त बैठकले पारित गरेको निर्णयहरुलाई उपप्धानमन्त्रीको कार्यायले विज्ञप्तिको रुप दिएर प्रकाशन गरेको छ हेरौं के के निर्णय भए बैठकमा, जारी वक्तव्य जस्ताको तस्तै….

प्रेस विज्ञप्ति
कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकार ९मन्त्रिपरिषद् बाट समय(समयमा भएका आदेश र सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा सम्बोधन गर्दा दिनुभएको निर्देशनबमोजिम तयार गरिएको कोभिड(१९ को व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयन गरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई सुदृढ एवम् प्रभावकारी बनाउन यस विषम परिस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थप सजग एवम् क्रियाशील रहेको छ।

 

माननीय उपप्रधानमन्त्रीको अध्यक्षतामा मिति २०७८र०१र २८ गते नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरु, गृह सचिव, उद्योग सचिव, औषधी व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महा संघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष, सी।एन।आई का अध्यक्ष, अक्सिजन उत्पादन संघका महासचिव, ललितपुर महानगरपालिकाका नगर प्रमुख, मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख, मेडीसिटी अस्पतालका निर्देशक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सहित चिकित्सक एवम् पदाधिकारी र वीर अस्पतालका निर्देशक सहित अन्य पदाधिकारीका बीच कोभिड १९को प्रभावकारी व्यवस्थापनका बिषयमा सघन छलफल एवम् निर्णयहरु गरिएको छ।

 

उक्त बैठकबाट अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरुमा बिना व्यवधान २४सै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारीरप्राविधिकद्वारा उत्पादन कार्य संचालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने , प्रमुख अस्पतालहरुमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आई।सी।यू।, एच। डी। यू।, भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने, उद्योगहरुलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सी।सी।एम।सी। ले गर्ने, सम्बद्ध उद्योग २४ सै घण्टा सूचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरुबाट काठमाडौँ उपत्यका बाहिरका अक्सिजन उद्योगहरुबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हवाईमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णयहरु भएका छन्।

 

गृह मन्त्रालयका अनुसार मिति २०७८र०१र२८ गते देशभरका विभिन्न सीमानाकाबाट ४,४०१ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन्। देशभरका २,२५७ क्वारेन्टिनमा जम्मा ३४०९ बेड क्षमता रहेको छ। क्वारेन्टिन बेड संख्या अघिल्लो दिनको तुलनामा २९० वटा बढेको छ।देशभर १५३ जना क्वारेन्टिन उल्लङ्घनकर्ताहरुलाई कारवाही भै जरीवाना भएको जानकारी प्राप्त भएको छ।देशभर उपलब्ध ४१,१५८ अक्सिजन सिलिण्डर मध्ये ८,००९ अक्सिजन सिलिण्डर मात्र मौज्दात रहेको विवरण प्राप्त भएको छ।यसै गरी उद्योग र निर्माण क्षेत्रबाट १,४६० अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनको लागि प्राप्त भएको छ।गण्डकी प्रदेशमा अक्सिजनको कालोबजारी गर्ने २ जनालाई कारवाही भएको छ।निषेधाज्ञाका बीच अत्यावश्यक सेवाहरु नियमित तवरले सन्चालन गर्ने प्रवन्ध मिलाइएको छ।साथै निर्माण सामग्रीको ढुवानी र आपूर्तिलाई सहजीकरण गरिएको जानकारी प्राप्त भएको छ।

अर्थ मन्त्रालयका अनुसार कोभिड(१९ रोकथाम, नियन्त्रण र उपचारको लागि रु। घ,छठ,द्धट,द्दण्द्धर( को ट,घठ,द्दद्धघ मेडिकल उपकरणहरु र रु। ज्ञड,टद्ध,छद्द,घठडर( को औषधिहरु पैठारी भएको जानकारी प्राप्त भएको छ।पैठारी भएका मेडिकल उपकरणहरुमा २,००० डिजिटल इन्फ्रारेड थर्मोमिटर, ५,४४,८२६ फेस मास्क, २,००० पल्स अक्सिमिटर, ७३५ अक्सिजन सिलिण्डर, १९३ अक्सिजन कन्सनट्रेटर, ४ इन्फ्युजन सिरिन्ज पम्प, ८७,४०० सिरिन्ज र ८५ मेडिकलरसर्जिकल फर्निचर रहेका छन्। कोभिड(ज्ञढ प्रतिकार्यका लागि एच।डी।यू। स्थापना तथा जडान खर्च भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रु। ५,५८,७४,०००र( वि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु। २,७२,५३,०००र   पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु। ६,२५,४०,०००र( रकम निकासा भएको अवस्था छ । त्यसैगरी, कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचार कार्य ९मेडिकल उपकरण खरिद, औषधी खरिद, बिरामीको उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०७७ बमोजिम खाना तथा बसोबास खर्च, वेड, आई।सि।यू।मा अक्सिजन पाइपलाइन बिस्तार र लीक्वीड अक्सिजन भर्ने कार्य० का लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताललाई रु। २४,ण्ण्,ण्ण्,ण्ण्ण्र( निकासा भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा एच।डी।यू। स्थापना तथा जडानको सिर्जित दायित्व भुक्तानीको लागि रु। ३,३५,८८,०००र  वित्तीय हस्तान्तरण स्वीकृत भएको अवस्था छ।साथै, कोभिड(ज्ञढ बाट संक्रमित विरामीहरुको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर ‍औषधिको पैठारीमा लाग्ने भन्सार महसुल आर्थिक ऐन, २०७७ को उपदफा १ बमोजिम मिति २०७८।०१।२७ देखि लागु हुने गरी पूर्ण रुपमा छुट दिने निर्णय भएको जानकारी प्राप्त भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज मिति २०७८र०१र२९ गते काठमाडौं उपत्यका अन्तरगत तीन वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु समेतको संलग्नतामा अत्यावश्यक खाद्य पदार्थ एवं औषधीजन्य सामग्रीहरुको नियमित बजार अनुगमन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट भएको जानकारी प्राप्त भएको छ। मिति २०७८र१र२९ गते सम्ममा औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४८१६ सिलिण्डरहरु संकलन भई सम्वन्धित अक्सिजन उद्योगमा फिर्ता भएको जानकारी प्राप्त भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत २४ घण्टामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला, सुर्खेत र नेपालगञ्ज विमानस्थलवाट विभिन्न वायुसेवाले १२९ आन्तरिक उडान भरी जम्मा ४०७ यात्रुको उद्धार गरिएको छ। कूल उडानमध्ये मेडिकल उद्धारको उडान संख्या ५५ रहेको छ। हिमालय एयरले ढाका(काठमाडौं कार्गो उडान भरी जम्मा ६।३४ टन कोभिड सम्बन्धी स्वास्थ्य सामग्री लिई आएको छ। एयर बबल सुविधा अन्तर्गत नेपाल एयरलाईन्स काठमाडौं(दिल्ली(काठमाडौं उडान भई जम्मा ८६ यात्रु सहित आज दिनको ३स्४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त उडानका सबै यात्रुलाई नेपाल पर्यटन वोर्डको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट सूचीकृत होटलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाईएको जानकारी प्राप्त भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गर्ने ज्ञछण् लीक्वीड अक्सिजन कन्टेनर नेपाल ल्याउने स्वीकृतिको बिषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाडो उक्त स्वास्थ्य सामग्री तातोपानी नाकामा हस्तान्तरण गर्ने जानकारी प्राप्त भएको छ । चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये द्धण्ण् अक्सिजन सिलिडर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको ज्ञटण्ण् अक्सिजन सिलिण्डर नेपाल ल्याउनको लागि नेपाल एअरलाइन्सको चार्टर्ड उडान बारेमा सम्बन्धित निकायहरुसँग समन्वय गरिएको अवस्था छ । चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको छ।नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्न सक्ने जानकारी प्राप्त भएको छ।अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर निकट भविष्यमा नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ।ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भनी लेखी आए बमोजिम तोकिएको मितिमा विमान चार्टर गरी ल्याउनका लागि समन्वय गरिएको जानकारी प्राप्त भएको छ।

कोभिड(१९ को दोस्रो लहरको संक्रमणदर दैनिक तीव्र गतिमा बढेको अवस्थामा नेपाल सरकार प्रत्येक व्यक्तिको स्वास्थ्य र सुरक्षाको प्रत्याभूतिमा अत्यन्त संवेदनशील छ।यस महामारीको रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन सम्बद्ध उद्योग व्यवसायी र सरकारी क्षेत्रको समन्वय अपरिहार्य भएको छ ।यस संक्रामक परिस्थितिमा अक्सिजनको उत्पादन बढाउने, र अन्य वैकल्पिक उपाय अवलम्बन गरी अक्सिजनको सहज आपूर्ति गर्ने, अक्सिजनको प्रयोगलाई मितव्ययी बनाउने, उद्योगहरुको सुरक्षा एवम् विद्युत, पानीको प्रवन्ध गर्ने जस्ता बिषयमा गम्भीर भै उच्च समन्वय र प्रतिबद्धताका साथ नागरिकको स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गरी यस विषम परिस्थितिको हल गर्नरगराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबैमा हार्दिक अपिल गर्दछ।

२०७८, वैशाख २९

किरणराज शर्मा
प्रवक्ता