जापानद्वारा नेपालबाट आफ्नो मुलुक आउने यात्रुलाई रोक

काठमाडाैं ।  दक्षिण एसियामा कोभिड-१९ संक्रमण र मृत्‍युदर बढेपछि जापानले नेपालबाट आफ्नो मुलुकतर्फ आउने यात्रुलाई प्रवेशमा रोक लगाएकाे छ । जापानले यस क्षेत्रबाट नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुका  रोक लगाउने भएको हो ।

 

कोभिडको बढ्दो जोखिम निन्त्रणका लागि जापान सरकारले प्रश रोक लगाउन लागेको जापानी मिडियाले समाचार लेखेका छन् नेपाल भारत र पाकिस्तानमा १४ दिन भन्दा बढि बसेका बिदेशी जापान प्रवेश गर्न पाउने छैनन् । जापानी नागरिकले भने प्रवेश पाउनेछन् । तर उनीहरुले जापान सरकारले तय गरेकाे क्‍वारेन्टिनमा बस्‍नुपर्ने हुन्छ । यो नियम १४ तारिकदेखि लागू हुनेगरी जापानी संचारमाध्यमएनएचकेले खबर छापेको छ ।

 

यसअघि नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुहरु एअरपोर्ट अध्यागमनले तोकेको ठाउँमा ६ दिन र त्यसपछि २ पटकको पीसीआर जाचँ नेगेटिभ आएपछि पनि १४ दिन होम क्‍वारेन्टिन सहित प्रबेश गर्न दिने कडा नियम  थियो ।