ओली र नेपालबीचको वार्ताले देला त एमाले विवादको समाधान ?

काठमाडाैं । विगत लामाे समयदेखि देखिएको विवाद समाधानका लागि कार्यदल मार्फत निकास खोज्ने निष्कर्षमा पुगेको नेकपा एमालेका शीर्ष नेताबीच आइतवार पुनः भेटवार्ता हुँदैछ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दिउँसो १ बजे भेटवार्ता हुन लागेको हो । बालुवाटार स्रोतले दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुन लागेको बताइएकाे छ ।

शुक्रवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालसहित दोस्रो तहका नेताहरूको छलफलमा २०७५ जेठ २ को आसपासमा फर्किएर सहमति खोज्ने भद्र सहमति भएको थियो । आइतवार दिउँसो दुई नेताबीचको छलफलपछि कार्यदलले पूर्णता पाउने भनिएकाे छ । वार्तामार्फत समाधान खोज्ने प्रयास गरिए पनि समाधानको बाटाे नेताहरूले पहिल्याएका छैनन् ।