बालिका बलात्कारको आरोपमा एक पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् ।

बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियाे ।

सोही सूचनाकाे  आधारमा आराेपीलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार   पक्राउ गरिएका बनले घटनाका सम्बन्धमा मुख खाेलेका छैनन्  ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको  छ  ।